संस्था को परिचय

 

News

Make a Donation

Volunteer

Events

पृष्ठभूमि

मातृसत्तात्मक परिस्थितिबाट बिकसित भएको हाम्रो समाज बिभिन्न कालखण्ड पार गर्दै अघि बढ्दै गर्दा पितृसत्तात्मक समाजको रुपमा चित्रण हुदै अघि बढ्यो यो पुर्बिय दर्शनको यथार्थता पनि हो जसका लागि सामज बन्न र यी युगमा प्रवेश गर्न मानिसलाइ निकै समय लाग्यो कयौ चरण पार गर्यो तर पनि समाज समृद्द बन्न सकेन समाजमा समाजबादको उदय हुन सकेन समाजमा नया नया नियम रितिथिति बस्दै अघि बढ्यो समाजलाइ एकताबद्ध बनाउने शिलशिलामा राज्यको उत्पति भयो राज्यको उत्पति भएसंगै समाजमा वर्गको उदय भयो र समाजमा धनि गरिब देखापर्न थाले, हुने र नहुनेका बिचा संघर्षहरु चल्न थाले मानिसमा बिलासिताले डेरा जमाउन थाल्यो र आफ्नो आरामदायी व्यवस्थाका लागी मानिसले प्रकृतिसंग पनि पैठा जोरी खेल्ने प्रयास गर्यो सुबिधा युक्त समाजको निर्माणको अभ्यास गर्न थाल्यो बिभिन्न किसमका सिप तालिमको आविष्कार गर्यो सिप सिकेका मानिस सम्पन्न हुन् थाले सिप नभएका मानिस कमजोर हुन् थाले यस्ता कार्यहरु माथि तह छुट्याइयो श्रमको बाडफाड भयो यस्तो परिस्थितिका बिच पनि आज हामी समाज वादको कुरा गरिरहेका छौ यी सबै कुरा तब सम्भव हुन्छन जब हामी युवा महिला र बिम्पन्न बर्गका बिच केन्द्रित सिपमुलुक कार्यक्रम लागु गर्छु यहि अभिप्रायलाइ साथ दिएर सहयोगीको भूमिका निरवाह गर्न तारामण्डल तयार रहेको कुरा सबैलाइ जनाकारी गराउन चाहन्छौ समाजमा बिद्यमान सामाजिक बिभेदहरु अन्त्यगर्न महिलाहरु स्वयं अग्रसर हुनु जरुरी छ । गरिवीको रेखामुनिबाट देखिने अभाबमा रुमल्लिएको समाजलाई आत्मनिर्भर बनाउन महिलाहरुको भूमीका हिजो पनि प्रमुख थियो, आज पनि छ र भोली पनि हुनेछ । परिबार–परिबार मिलेर बन्ने समाजका अभिन्न अंग महिलाहरु आर्थिक रुपमा सबल हुने प्रयासमा लाग्ने हो भने समाजमा महिलाहरुले चाहेको भूमीका पाउन केही समय लाग्दैन । चुला चौकाबाट बाहिर निस्कन मात्र प्रयास गर्ने हो भने समाजले चाहेको भूमीका दिन बाध्य हुनेछ।

आर्थिक आत्मनिर्भरता मात्रै एक यस्तो हतियार हो जसले महिलाहरुलाई समाजमा समान हैसियत दिलाउन सक्छ । आर्थिक रुपमा परनिर्भर रहनु मात्रै महिलाहरुको आजको अबस्थाको प्रमुख कारक तत्व हो । महिला सशक्तिकरणका लागि आर्थिक परनिर्भरता अन्त्य हुनैपर्छ । नेपालमा आजका दिनसम्म आईपुग्दा शिक्षामा महिला सहभागिताको दर सन्तोषजनक रुपमा देखिएको छ । समाजमा बिस्तारै महिला प्रभाब बढेको पनि छ । राजनैतिक तथा अन्य सरकारी तथा गैरसरकारी निकायमा महिलाहरुको उपस्थिति बाक्लिदै गएको छ । महिलाहरुले परम्परागत मात्र होईन की आधुनिक भूमीकाहरु पनि पाईरहेका छन र सन्तोषजनक रुपमा भूमीका निभाई पनि रहेका छन् ।

नेपालको कुल जनसंख्या को ५१.५४ प्रतिशत महिलाहरु रहेका छन । युवाहरुको ६० प्रतिशत भन्दा बढि ग्रामीण महिलाहरु निरक्षर छन । दिनभर संगै काम गर्दा पुरुष श्रमिक भन्दा झण्डै आधा भन्दा कम ज्यालाले जिबन निर्बाह गरिरहेका छन् । अझैपनि केही यस्ता सामाजिक संस्कारहरु छन् जहाँ महिलाहरुको उपस्थिति बर्जित छ अनि यस्ता मन्दिरहरु छन जहाँ महिलाहरुले प्रबेश पाउदैनन् । आजको समयमा समेत नेपाली समाजले महिलाहरुलाई दोश्रो दर्जाको मानब बनाएको कटु यथार्थ कसैबाट छिपेको छैन ।

तारा मण्डल महिला शशक्तिकरण अभियान

समाजमा सामाजिक बिभेदहरुको अन्त्य गरी समतामुलक समाजको निर्माण गर्ने पबित्र उद्धेश्यका साथ समाजमा रहेभएका उत्पिडन, यातना, अशिक्षा, गरिबी र परम्परागत सस्कार बिरुद्ध चेतना छर्न आबश्यक पर्ने शैक्षिक, आर्थिक, कानूनी र स्वास्थ्यका क्षेत्रमा काम गर्ने लक्ष्यका साथ महिलाहरुलाई सामाजिक रुपमा सबल र सक्षम बनाई स्वयम उनीहरुको सशक्तिकरणका लागि अघि बढाउदै आफ्नो समाजको नागरिकहरुका लागि स्वतन्त्र बैयक्तिक अधिकार र मानवअधिकारको रक्षा गर्दै नेतृत्व बिकास र जनजिबिकाको सवालदेखि आधारभुत स्वास्थ्य, शिक्षा, सुरक्षा, सरसफाई, तथा दैबि प्रकोपबाट प्रभाबित बनेका नेपालीहरुका निमित्त आधारभुत बिकासका लागि काम गर्ने मनसायले यो तारा मण्डल शसक्तिकरण अभियान नामक संस्था, संस्था दर्ता ऐन, २०३४ को अधिनमा रहि जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मिति २०७२ साल फाल्गुण १२ मा बिधिबत रुपमा दर्ता भएको गैर नाफामुखि गैरसरकारी संस्था हो । 

उद्देश्य

आफ्नो समाज क्षेत्र र मुलुकको सामाजिक, सास्कृतिक, शैक्षिक र सशक्तिकरणका लागि सिपमुलक तथा चेतनामुलक तालिम संचालन गर्ने ।

स्थानीय तथा ग्रामीण बिकासका खानेपानी, ढल, स्वास्थ्य, शिक्षा, बाटोघाटो, पुलपुलेसा सरसफाई तथा बृक्षारोपण लगायत अन्य सापेक्षित गतिबिधिहरु संचालन गर्ने तथा सम्बन्धित निकायलाई सहयोग गर्ने ।

लैगिक समानता तथा कानुनी अधिकारका बिषयमा जनचेतना अभिबृद्धि गर्नुका साथै सामाजिक न्यायका क्षेत्रमा काम गर्ने ।
प्राकृतिक श्रोत र साधनहरुको ब्यबस्थापन गर्दै भुकम्प पिडितहरुलाई सहयोग तथा पुननिर्माणमा सहयोग गर्ने ।

लक्ष्य

संस्थाको उद्देश्य अनुरुप कार्यगर्नु पहिलो लक्ष्य रहनेछ । सामाजिक हितलाई मध्यनजर गर्दै समाजमा भएका र हुने गरेका असमानताका बिबिध घटनाहरु न्युनिकरण गर्ने लक्ष्य रहनेछ ।

स्वामित्व

यो संस्था सेवा भाबनाले अभिप्ररित सदस्यहरुद्वारा संचालित गैर नाफामुलक संस्था हो । संस्थामा हाल ११ सदस्यीय कार्यसमिति रहेको छ ।

Our Partners & Sponsors

Give Today

Donate
Volunteer

Get In Touch

12 + 10 =