तारामंडल महिला शशक्तिकरण अभियान र शहरी बिकाश तथा भवन निर्माण बिभागद्वारा संचालित राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रम संखरापुर नगरपालिकाको २ वटा वडा ६ र ७ मा, नागार्जुन नगरपालिकाको २ वटा वडा ४ र ५ मा, काठमाडौँ महानगरपालिकाको ३ वटा वडा १०, २९ र ३० मा र बुढानिलाकण्ठ नगरपालिकाको २ वटा वडा ११ र १२ गरी जम्मा ९ वटा वडाहरुमा कार्यक्रम संचालन गरि नागरिक जनचेतनामुलक कार्यक्रममा सहभागीहरुले रुचि पुर्बक सहभागीता जनाएका थिए ।

साथै उक्ता कार्यक्रममा सोहि नगरपालिकाका इन्जिनियरहरुले नक्शा पास प्रक्रिया, कागजातहरु, दस्तुर, समय आदि बारे नगरबासीलाई जानकारी दिनु भयो, भने नगरपालिकाका वडा अध्यक्षहरुले यस्ता कार्यक्रम जनस्तरमा लिएर आउनु हुने सस्था तारामंडल महिला शशक्तिकरण अभियान र शहरी बिकाश तथा भवन निर्माण बिभागलाई धन्यवाद दिनु हुदै यस्ता कार्यक्रमले आम जनमानसमा भवन निर्माण सम्बन्धि धेरै कुरा जानकारी भएको बताउनु भयो । राष्ट्रिय भवन संहिता तथा मापदण्ड सम्बन्धि जनचेतना मुलक कार्यक्रमले आमसर्वासाधारनलाई भुकम्प रहित घर बनाउन र जोखिम न्यूनीकरण गर्नमा धेरै सहयोग पुग्ने छ भन्ने आशा लिइएकोछ ।